मनोनयन दर्ताकै दिन धरान कांग्रेसमा ठूलो पहिरो, दुई वडाध्यक्ष राप्रपामा प्रवेशसँगै अध्यक्षमा मनोनयन दर्ता

मनोनयन दर्ताकै दिन धरान कांग्रेसमा ठूलो पहिरो, दुई वडाध्यक्ष राप्रपामा प्रवेशसँगै अध्यक्षमा मनोनयन दर्ता

धरान । मनोनयन दर्ताको अन्तिम दिन बैशाख १२ गते नै नेपाली कांग्रेस धरानमा ठूलो झड्का लागेको छ ।

धरान-१४ नं. वडाबाट नेपाली कांग्रेसबाट सानदार मत ल्याएर विजयी वहालवाला वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले नेपाली कांग्रेस परित्याग गरि दर्जनौ कार्यकर्तासहित राप्रपामा प्रवेश गर्नु भएको छ । यस्तै १ नं. वडाका वडाध्यक्ष रोशन अधिकारीसहित करिव दुई सय कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका छन् ।
कांग्रेसबाट फेरी वडाध्यक्षमा टिकट प्रायः निश्चित भएर सोमबार नै वडाध्यक्षबाट राजीनामा दिनु भएका भट्टराई र अधिकारीलाई एकाएक मंगलबार टिकट नदिए पछि कांग्रेस छाडेर राप्रपामा प्रवेश गर्नु भएको हो । उहाँहरुसहित वडाका दर्जनौ कार्यकर्ताहरुले पार्टी छाडेका छन् । १४ नं. वडामा कांग्रेसले स्थानीय श्याम श्रेष्ठलाई टिकट दिएर पछि असन्तृष्ट पक्षले पार्टी छाडेका हुन् । १ नं. वडामा कांग्रेसबाट द्वारिका आचार्यलाई टिकट दिएको छ ।

धरान-१ वाट नगर सभा सदस्य विवेक प्रसाईसहित नगर सदस्य तथा पार्टीका क्रियाशिल सदस्यहरुले कांग्रेस छाडेर राप्रपा गएका छन् । करिव २ सय जना आफुसँगै राप्रपामा गएको रोसनले बताउनु भयो । उहाँहरु दुवैले पुन वडाध्यक्षमा मनोनयन दर्ता गराउनु भएको छ ।

‘पार्टीले अन्याय गर्‍यो । मेरो लोकप्रियता र विगतमा वडाध्यक्ष भएर गरेको कामको प्रभावले राप्रपाले पुन अध्यक्ष बनाउने प्रस्ताव ल्यायो । त्यही भएर हामी वडाका सबै कांग्रेसका साथीहरु राप्रपामा प्रवेश गर्‍यौं ।’-फोन सम्पर्कमा भट्टराईले भन्नु भयो-‘एकिन संख्या हिसाव गर्न पाएको छैन् । धेरै साथीहरु मसँग हुनुहुन्छ । मनोनयन दर्ता पछि हामी सबै साथीहरुसँग सल्लाहा गरेर घोषणा कार्यक्रम गछौं ।’

यस्तै ६ नं. वडाबाट भूपेन्द्र भट्टराईले टिकट नपाए पछि स्वतन्त्रा उम्मेद्वारी दिनु भएको छ । पार्टीले वडाध्यक्षमा कृष्णकुमार राईलाई टिकट दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्