गठवन्धनमा महिलालाई सधैं वाइपास

गठवन्धनमा महिलालाई सधैं वाइपास

धरान । धरान उपमहानगरपालिकाको आसन्न स्थानीयतहको निर्वाचनमा गठवन्धनको नाममा महिला नेतृत्वलाई उपेक्षा गरिएपछि महिलाहरु असन्तुष्ट वनेका छन् ।

नेपालको संविधानमा नै महिलालाई प्रमुख वा उपप्रमुख पदमा चुनावमा उम्मेद्धवार बनाउनु पर्ने व्यवस्था भए पनि धरानमा भने चुनावी गठवन्धनबाट महिलाहरुले स्थान नपाए पछि असुन्तुष्ट वढेको हो । नेपाली काँग्रेसबाट चुनावका लागि मेयरमा किसोर राई र नेकपा माओवादी केन्द्रबाट आइन्द्र विक्रम वेघालाई उम्मेद्धवार बनाएको छ । महिला वृतमात्यसको सर्वत्र आलोचना भएको छ । महिला सन्जाल धरानका अध्यक्ष चेतनाश्रेङले गठवन्धनको नाममा पुरुषहावी भएको बताएकी छन् । उनले भनिन्,“संविधान र कानुनमा नै महिलालाई अनिवार्य भनिए पनि गठवन्धनको नाममा दलहरु असहमति भए, जस्ले गर्दा धरानमा ५७ प्रतिशत महिलाहरु भएपनि गठवन्धनको नाममा पुरुषवादी हावी भयो । ”त्यसैगरि कानुन समेत बाझिएकाले महिलाहरुले राजनीतिमा पछि पर्नु पर्ने अवस्था भएको बताइन् । नेकपा माओवादीले पहिलो स्थानीय तहको निर्वाचनमा पनि महिला उम्मेद्धवारलाई वाइपास गरेको थियो ।

चुनावी गठवन्धनको नाममा माओवादीले आइन्द्र विक्रम वेघालाई मेयरमा उठाएको थियो भने उप मेयरमा तत्कालिन संघीय समाजवादी पाटीको तर्फबाट उप मेयरमा पारस काङमाङ राई थिए । त्यस बेला पनि माओवादीले महिलालाई उपेक्षा गरेको भनेर पाटी भित्रै असन्तुष्ट बढेको थियो । यसपालीको स्थानीयतहको चुनावमा माओवादी पाटीले अन्तिम समयमा आएर गठवन्धनमा उम्मेवारी दिएको हो ।

माओवादीका एक महिला नेतृले भनिन्,“एकल चुनाव मैदानमाजाने तयारी थियो ,आन्तरिक तयारी महिलालाई उठाउने थियो तर गठवन्धनले स्वाह पारिदियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्