जहदा गाउँपालिकाको अध्यक्षमा जितेन्द्र साहको दोश्रो उम्मेदवारी

जहदा गाउँपालिकाको अध्यक्षमा जितेन्द्र साहको दोश्रो उम्मेदवारी

विराटनगर । आउँदो स्थानीय निर्वाचनका लागि मोरङको जहदा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्र प्रसाद साह (जितु) ले उम्मेदवारी दिएका छन् ।

सोमबार जहदास्थित निर्वाचन अधिकृतको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ४८ वर्षीय साह नेपाली कांग्रेसको क्षेत्र नं. ५ (ख) का सभापति हुन् । यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा उनी तत्कालिन मधेशी जनाधिकार फोरमका उम्मेदवार कैलाश प्रसाद मण्डलसँग १ हजार २ सय मतले पराजित भएका थिए । पाँच वर्षपछि यसपटककोे निर्वाचनमा उनले पुनः उम्मेदवारी दिएका हुन् ।

शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास आफ्नो प्रमुख चुनावी एजेण्डा रहेको उनले बताए । उनले निर्वाचित भएर आएपछि जहदालाई भ्रष्टाचारमुक्त गाउँपालिकाको विकास गर्ने दाबी गरे । जहदामा भने यसपटक नेपाली कांग्रेससँगै, जसपाबाट कैलाश प्रसाद मण्डल, नेकपा माओवादी केन्द्रबाट राजकुमार यादव, नेकपा एमालेबाट यशोदा गिरी, साझा विवेकशीलबाट अनिल कुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट अवधेश प्रसाद मण्डल र जनमतबाट तल्लु कुमार मण्डलले गाउँपालिका अध्यक्ष पदको उम्मेदवारी दिएका छन् ।

यस्तै, उपाध्यक्षमा एमालेबाट अनिता हास्दा सतार, नेपाल सद्भावना पार्टीबाट अमृता देवी राजवंशी, विवेकशीलबाट कविता कुमारी मण्डल, माओवादीबाट गुलाब कुमारी महतो, जसपाबाट सालो साह, स्वतन्त्र रुपमा आशा कुमारी सरदार र विनिता कुमारी सिंहले उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्