यस्ता छन् एमालेबाट विराटनगरमा मेयर र उपमेयर भएका उमेदवारको प्रतिवद्धता

यस्ता छन् एमालेबाट विराटनगरमा मेयर र उपमेयर भएका उमेदवारको प्रतिवद्धता

विराटनगर । आगामी बैशाख ३० गते हुने निर्वाचनमा नेकपा एमालेकातर्फबाट विराटनगरमा मेयर र उपमेयरका उमेदवारले महानगरपालिकालाई पार्टी कार्यकर्ताको भर्ती केन्द्र नबनाउने प्रतिवद्धता जाहेर गरेका छन् । विराटनगरमा पत्रकारसँग आफ्ना एजेण्डा प्रस्तुत गर्दै मेयरका उमेदवार सागर थापाले आन्तरिक आयले थेग्नै नसक्ने गरि कार्यकर्तालाई महानगरको कर्मचारी नबनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

प्रदेश १ को एक मात्रै महानगर र राजधानी घोषणा गरिएको आर्थिक नगरीको महत्व घट्न दिईने छैन, मेयरका उमेदवार थापाले पत्रकारले राखेका जिज्ञासा मेट्दै भन्नुभयो–एमालेको नेतृत्वले सुरु गरेको विराटनगरको चक्रपथ पाँचवर्षमा सम्पन्न गर्ने अठोट गछौं । २०५१ सालमा तत्कालिन एमालेका नेता गुरु बरालले विराटनगर चक्रपथको अवधारणा अगाडी सार्नु भएको थियो ।

त्यसपछि निर्माण सुस्ताएको चक्रपथलाई पूरा गर्ने कुनै योजना २०७४ मा निर्वाचित जनप्रतिनिधिले नबढाएको आरोप थापाको छ । यसैगरी आन्तरिक आय बृद्धिका कार्यक्रम प्रभावकारी ढंगबाट अगाडी सार्ने, विराटनगरको पहिचान हुने गरिको राजनीतिक संग्राहलय बनाउने मेयरका उमेदवार थापाको प्रतिवद्धता थिये ।
विराटनगरले जन्माएका बीपी कोइराला, मातृका कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको परिचय खुल्ने गरिको संग्राहालय स्थापना गर्ने प्रतिवद्धता जाहेर गरिएको छ । विराटनगरमा पाँचवर्षमा अनुत्पादक खर्च हुने किसिमका कुनैपनि भौतिक संरचनामा लगानी नगरिने दावी छ ।

यसैगरी प्रदेशको स्थायी राजधानीका लागि जग्गा उपलब्ध गराउने, प्रदेश र संघसँगको बारम्बार समन्वयमा योजना, भएका स्वास्थ्य र शिक्षाका संरचना प्रयोगमा विशेष जोड, उद्यमशीलताको विकास र रोजगारी, अतिविपन्न पहिचान जस्ता कार्यक्रम अगाडी सारिने दावी गरिएको छ ।
यसैगरी विराटनगरको डुबान र फोहोर व्यवस्थापनलाई प्राथमिकताम राखेर पहिलो र दोस्रो वर्षमा योजना कार्यन्वयन गर्ने दावी गरिएको छ ।

उपमेयर कार्की


यसैगरी उपमेयर उमेदवार शिल्पा निराला कार्कीले महिला सशक्तिकरणका कार्यक्रम, सचेतना, सुविधा र रोजगारीलाई प्राथमिकतामा राखिने बताउनुभयो । उहाँले विराटनगर महानगर क्षेत्रमा आवश्यक मात्रामा शौचालय, शौचालयमा महिलाले प्रयोग गर्ने प्याड र चेन्जिङ कक्ष, महानगर क्षेत्रका विभिन्न सार्वजानिक स्थानमा पानीका लागि सय धारा, बालबालिकाको शिक्षा, विद्यालयमा छात्रा योजना, बालिका शिक्षाका लागि प्राथमिकता र सुविधा, अति भीड हुने सार्वजानिक सरोकारको कार्यालयमा ज्येष्ठ नागरिक, गर्भवती महिला र मातृशिशु कक्ष स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । विराटनगर महानगरपालिका क्षेत्रमा महिलाले प्रयोग गर्ने किमिसका सार्वजानिक शौचालय छैनन् । शौचालय भएपनि त्यहाँ पस्न नसकिने र महिला महिनामारी भएको बखत प्याड परिवर्तन गर्न सक्ने अवस्था नभएकोले त्यसमा विशेष ध्यान दिने उपमेयर कार्कीको भनाई छ ।

नेकपा एमालेका मोरङ इन्चार्ज बिनोद ढकालले महानगरको निर्वाचन घोषणापत्र पार्टीले चाँडै सार्वजानिक गर्ने बताउनुभयो । उहाँले पार्टीले पठाएका उमेदवारले विजयी प्राप्त गरेपछि नागरिकको पक्षमा काम गराउन सधैं खबरदारी र सुझाव दिइने बताउनुभयो । उहाँले यस पटक नेकपा एमालेले निर्वाचनमा विजयी हाँसिल गर्ने बताउँदै महानगरको विकासका लागि एमाले कै नेतृत्व आउनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्