महिलाको हात तानेको आरोपमा रंगेली–७ का वडासदस्य उम्मेदवार प्रहरी नियन्त्रणमा

महिलाको हात तानेको आरोपमा रंगेली–७ का वडासदस्य उम्मेदवार प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङको रंगेली नगरपालिका–७ मा वडा सदस्यका उम्मेदवार बनेका एकजना उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली काँग्रेस पार्टीबाट वडा सदस्य उम्मेदवार भएका शम्भु मण्डललाई महिलामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपानेका अनुसार हिजो बेलुका ९ः३० बजे मण्डललाई पक्राउ गरेर थप बुझ्ने काम भइरहेको छ । वडा सदस्यका उमेदवार मण्डल बेलुका ९ बजे एकजना महिलाको घरमा पुगेका थिए । त्यहाँ उनले महिलाको हात समाएर घर भित्र तान्दै दुव्र्यवहार गर्न खोजेको आरोप छ । पीडित महिला र छिमेकी समेतले प्रहरीलाई खबर गरेपछि मण्डललाई नियन्त्रणमा लिइएको थियो ।

प्रहरी निरीक्षक न्यौपानेले घटनाको विषयमा पीडितले गुनासो गरेपछि मण्डललाई नियन्त्रणमा लिइएको हो । तर, हिजो भन्दा आज बोलि परिवर्तन गरेकोले दुवैतर्फबीच अहिले छलफल राखिएको छ । हात समाएर तानेको भन्दै पीडितले भनेपछि नियन्त्रणमा लिएका थियौं, प्रहरी निरीक्षक न्यौपानेले भन्नुभयो–अहिले पीडित र उनका श्रीमान्ले आफ्नो मित भाई पर्ने भएकोले सधैं आउने गरेको भन्दै मण्डलको बचाउ गरिरहेका छन् ।

प्रहरीले दुवैतर्फबीच छलफल गराउने र पीडितले जाहेरी दिए मुद्दा चलाउने दावी प्रहरी निरीक्षक न्यौपानेको छ । वडा सदस्यका उमेदवार रहेका मण्डललाई छोड्नु पर्ने दवाव र नियन्त्रणमा लिएर कारवाही गर्नुपर्ने दवावमा प्रहरी परेको छ । निर्वाचनको समय भएका कारण यसै भन्ने स्थिति छैन, प्रहरी निरीक्षक न्यौपानेले भन्नुभयो । महिलाले आफू पीडित भएको भनेर जाहेरी दिए मुद्दा चलाईने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्