सप्तकोशी सिमेन्टलाई अन्तर्राष्ट्रिय स्तरको प्रमाणिकताकाे मान्यता प्राप्त

सप्तकोशी सिमेन्टलाई अन्तर्राष्ट्रिय स्तरको प्रमाणिकताकाे मान्यता प्राप्त

विराटनगर । सप्तकोशी सिमेन्टले नेपाल गुणस्तर बिभागबाट अन्तर्राष्ट्रिय स्तरको प्रमाणिकताकाे मान्यता प्राप्त गरेको छ ।

सप्तकोशी सिमेन्ट प्रा.लि ले नेपाल गुणस्तर बिभागबाट अन्तर्राष्ट्रिय स्तरको एनएस:आईएसओ ९००१ः२०१५ःआईएओ ९००१ः२०१५  मान्यता प्राप्त गरेको हाे । गुणस्तरमा निरन्तर विकास र प्रभावकारिता र वातावरणको दिगो विकासलाई नै आफ्नो प्रयायबाची बनाउँदै अघि बढेको सप्तकोशी सिमेन्टले अन्तर्राष्ट्रिय स्तरको (आईएसओ ) प्रमाणिकताले अझ यसको उदेश्यलाई सार्थक बनाएको कम्पनीले जनाएको  छ ।

एनएस:आईएसओ ९००१ः२०१५ःआईएओ ९००१ः२०१५ ले गुणस्तर व्यवस्थापन प्रणालीको लागि आवश्यकताहरू निर्दिष्ट गर्दछ । जब एक संगठन ग्राहक र वैधानिक र नियामक आवश्यकताहरू पूरा गर्ने गुणस्तरीय उत्पादनहरू र सेवाहरू लगातार उपलब्ध गराउने आफ्नो क्षमता प्रदर्शन गर्न , प्रणालीको सुधारका लागि प्रक्रियाहरू अगाडी बढाउने, ग्राहक र वैधानिक र नियामक आवश्यकताहरू अनुरूपको सुनिश्चितता सहित प्रणालीको प्रभावकारी प्रयोग मार्फत ग्राहक सन्तुष्टि बढाउने लक्ष्य राखी अगाडी बढ्ने कम्पनीका सीइओले बताए।

आईएसओ विशेष गरि वातावरणीय दिगो विकाससँग सम्बन्धित हुन्छ । कुनै पनि संगठनले वातावरणीय दिगोपनको लागि उक्त संगठनको उद्देश्यले यसको वरपरको वातावरणीय जिम्मेवारीहरू व्यवस्थित रूपमा व्यवस्थापन गर्न सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्