धरानमा काँग्रेसलाई फेरी झट्का , पार्टी परित्याग गरि एमालेमा प्रवेश

धरानमा काँग्रेसलाई फेरी झट्का , पार्टी  परित्याग गरि एमालेमा प्रवेश

धरान । धरान-८ मा नेपाली काङ्ग्रेसको पुर्व सुनसरी जिल्ला सदस्य तथा क्षेत्रीय प्रतिनिधि राम बहादुर तामाङको नेतृत्वमा १८ जनाले नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपा एमालेमा वुधबार प्रवेश गरेका छन् ।

नेकपा एमालेको मेयर पदका उम्मेद्धवार मन्जु भण्डारी र उपमेयर पदम इस्वो लिम्वू सहितको मतदातासँग घरदैलो अभियानकै क्रममा पाटी प्रवेश गरेका हुन । पार्टी प्रवेश गर्दै राम बहादुर तामाङले काँग्रेसमा राजनीतिक आचारण र व्यवहार नभएकाले आफुले पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेको बताउनु भयो । उहाँले भन्नु भयो,“काँग्रेसले कुरा मात्रै गर्ने जनतालाई झुक्काउने कामदेखि केही गरेन , त्यसैले विकास र समृद्धिको लागि नेकपा एमालले नै जनताको पार्टी र विकास गर्ने पार्टी भएकाले काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हौं, आगामी निर्वाचनमा एमालेले नै जित्ने छ ।”

पार्टीका केन्द्रीय सदस्य तथा मेयरका उम्मेदवारमा रहेका मन्जु भण्डारी (सुवेदी) र उपमेयरका उम्मेद्धवार पदम इस्वोले स्वागत तथा बधाई दिनुका साथै फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराए । कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष हर्क एभेङ्ग , प्रदेश सदस्य मोतिराज सुनुवार , नारायण सुवेदी , प्रदेश सांसद जय कुमार राई लगायतले वधाई तथा शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्