धरान । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले धरानबाट उम्मेद्धवार वनेका मेयर तथा उप मेयर चुनावी अभियान अन्र्तगत मतदातासँग घरदैलो अभियानमा छन् ।
मेयर तर्फका उम्मेद्धवार मन्जु भण्डारी ( सुवेदी ) र उप मेयर सहित नेता तथा कार्यकर्ताहरु मतदातासँग घर दैलो अभियानमा रहेको नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ एभेङले बताए । उनका अनुसार वुधबार धरान उप महानगर वडा नम्बर ८ र वडा नम्बर ३ मा घर दैलो अभियान सन्चालन भइरहेको छ । आम मतदातासँग उम्मेद्धवारहरुले सुर्यध्वजा वाहक चिन्हमा मतदान गरेर विजयी गराउन आग्रह गर्दै आगामी दिनमा हरेक वडाको विकासमा विशेष योजना सहित काम गर्ने प्रतिवद्धता जनाएका छन् ।मतदाताहरुले उम्मेद्धवारसँग हालको खानेपानीको समस्या समाधानको विषयमा माग गरेका छन् । खानेपानीको समस्याको समाधान गर्न आफुहरु प्रतिवद्ध रहको मेयर तर्फका उम्मेद्धवार मन्जु भण्डारी सुवेदीले बताइन् ।
उनले भनिन्,खानेपानी समस्या धरानको मुल समस्या हो , सो समस्या समाधान गर्नु पहिलो प्राथमिकता हुने छ । निर्वाचन मुल परिचालन कमिटीका अनुसार वैशाख १५ गते ९,१० र १९ ,वैशाख १६ गते वडा नम्बर १६ , वैशाख १७ गते वडा नम्बर ११, वैशाख १८ गते वडा नम्बर ११ र १८ , र्वैशाख १९ गते वडा नम्बर १७ , वैशाख २० गते वडा नम्बर १७ र १५ मा मतदातासँग घरदैलो अभियानको कार्यक्रम रहेको छ । त्यसैगरि वैशाख २१ गते वडा नम्बर १५ , वैशाख २२ गते २० , वैशाख २३ गते ४ र ५ नम्बर वडामा हुने छ भने वैशाख २४ गते ६ वडा र वैशाख २५ गते भने वडा नम्बर १,२,३७ र १२ मा घरदैलो अभियान संचालन गरिने छ ।