विराटनगरको कार्पेडिएममा ‘द एलिमेन्ट्स’ ब्याण्डको साङ्गितिक प्रस्तुती हुने

विराटनगरको कार्पेडिएममा ‘द एलिमेन्ट्स’ ब्याण्डको साङ्गितिक प्रस्तुती हुने

विराटनगर । विराटनगर बरगाछीस्थित कार्पेडिएम सेभेन्टी टु रेष्टुरेन्टमा आउँदो शनिबार ‘द एलिमेन्ट्स’ ब्याण्डको साङ्गितिक प्रस्तुती हुने भएको छ ।

विराटनगरमा यही बैशाख १७ गते शनिबारका दिन साँझ साढे ६ बजेदेखि कार्पेडिएममा ‘द एलिमेन्ट्स’ ब्याण्डको लाईभ साङ्गितिक प्रस्तुती हुने भएको हो । उक्त ब्याण्ड ‘उर्जा नेपाल टुर २०२२’ अन्तर्गत विराटनगरको बरगाछीस्थित कार्पेडिएम सेभेन्टी टु रेष्टुरेन्टमा आउन लागेको हो । यस कार्यक्रममा सहभागी हुन टिकट अनिवार्य गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार सहभागितका लागि रु.५०० का दरले टिकटको व्यवस्था गरिएको छ ।

कार्यक्रमको टिकट बरगाछीस्थित कार्पेडिएम अथवा कार्पेडिएमको आधिकारिक फेसबुक पेज मार्फत खरिद तथा बुक गर्न सकिने कार्पेडिएमका म्यानेजर अनिल गौतमले बताउनुभयो ।

शनिबार साँझ हुने ‘द एलिमेन्ट्स’ को लाईभ प्रस्तुती राती १० बजेसम्म चल्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्