मण्डलले महिलालाई दुव्र्यवहार गरेको छैन

मण्डलले महिलालाई दुव्र्यवहार गरेको छैन

रंगेली । मोरङको रंगेली–७ मा नेपाली काँग्रेसबाट वडा सदस्यका उमेदवार शम्भु मण्डलले महिलामाथि दुव्र्यवहार गरेको भन्ने आरोपको पार्टीले खण्डन गरेको छ ।
नेपाली काँग्रेसका क्षेत्र नम्बर ५ का सचिव विरेन्द्रकुमार साहले सार्वजानिक रुपमा समाचारमा आएका विषय भ्रामक र निर्वाचनमा उमेदवारको मानमर्दन गर्ने हिसाबले आएको भन्दै खण्डन गर्नु भएको हो ।

‘सम्प्रेषण भएको समाचारमा शम्भु मण्डलले यौन दुव्र्यवहारको आरोप सरासर गलत, नियोजित एवं चुनावी प्रपन्च मात्र हो’ सचिव साहद्वारा प्रेसित गरिएको ध्यानाकर्षणमा उल्लेख गरिएको छ ।
साहले राती ११ बजे आफूमाथि कुटपिट भएको भनी महिलाले बोलाएपछि त्यहाँ पुगेका शम्भु मण्डललाई स्थानीयले हातपात गरेर मोवायल समेत खोसेको आरोप लगाउनु भएको छ । आफ्नो गाउँ नभएको भन्दै स्थानीयले हातपात गरेर उल्टै फसाउने योजना बुनेको षड्यन्त्र भएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्