संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका-३ बस्ने चन्द्रशेखर राईको १२ बर्षीय छोरा निश्चल राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
बुधवार दिउँसो करिब १२ बजेको समयमा सभाखोलामा पौडी खेल्ने क्रममा डुबेर घाईते भएका राईलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।