झापाबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

झापाबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो बिर्तामोड नगरपालिका-४ का २६ बर्षीय प्रमोद शाहलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । शाहको घर कोठाबाट प्रहरीले २ ग्राम ३०० मिलिग्राम लागुऔषध ब्राउनसुगर, नगद ११ हजार ५४० र मोवायल सेट ७ थान समेत बरामद गरेको छ ।

यसैगरी बिर्तामोड नगरपालिका-४ को एक होटलबाट लागुऔषध ब्राउनसुगर सहित मेचीनगर नगरपालिका-१ का ३९ बर्षीय ओम चौधरी पक्राउ परेका छन् । लागुऔषधको ओसार पसार भईरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई बुधवार दिउँसो करिब ४ बजे ९ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका दुबै जनाको घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्