उर्लाबारीका चार युवा पत्रकार चुनावी मैदानमा

उर्लाबारीका चार युवा पत्रकार चुनावी मैदानमा

विराटनगर । चुनावी माहोल तातिरहेको बेला अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङका सञ्चारकर्मीहरु पनि चुनावी मैदानमा उत्रिएका छन् ।

घनश्याम भण्डारी

मोरङको उर्लाबारीका पत्रकार घनश्याम भण्डारीले नेकपा एमालेबाट उर्लाबारी–६ मा वडाध्यक्षको उम्मेद्वार बनेको छन् । लामो समय अघिदेखि पत्रकारितामा सक्रिय भण्डारी एमाले नेतृ शिवमाया तुम्बाहाङ्फे संघीय सरकारको मन्त्री हुँदा स्वकीय सचिव रहेका थिए । नेकपा एमालेको विभिन्न पार्टी कमिटीमा रहेर उनले काम गरेका छन् । अहिले वडाको मुहार फेर्ने अभियानमा वडाध्यक्षको उम्मेद्वार बनेको बताए ।

किशोर श्रेष्ठ

सोही वडामा नेकपा एमालेबाटै सञ्चारकर्मी तथा युटुवर किशोर श्रेष्ठ वडा सदस्य पदको उम्मेद्वार बनेका छन् । भण्डारीसँगै साझा एजेण्डा लिएर उनी भोट माग्न व्यस्त रहेका छन् । उता युवा पत्रकार सरोज बस्नेत उर्लाबारी ७ मा नेकपा माओवादी केन्द्रबाट वडा सदस्य पदको उम्मेद्वार बनेका छन् । युवा जोश जाँगरका साथ वडाको विकास र समृद्धिमा आफ्नो ध्यान रहने बताउँदै उनले वडावासीको ध्यान खिचेका छन् ।

सरोज बस्नेत
उर्लाबारी ९ मा पत्रकार तेजन खड्का वडा सदस्य पदको उम्मेद्वार बनेका छन् । स्वतन्त्र उम्मेद्वारी दिएका खड्का पत्रकारितासँगै वडाको विकासमा लागेको उनी बताउँछन् । उम्मेद्वारी दिएका भण्डारी र बस्नेत सञ्चार क्लब नेपालका पूर्व अध्यक्ष हुन् भने श्रेष्ठ पूर्व महासचिव र खड्का पूर्व सचिव हुन् ।

तेजन खड्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्