सुनसरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

<span class='c1'>सुनसरीमा सवारी दुर्घटना हुँदा</span> <span class='c2'>१ जनाको मृत्यु</span>

सुनसरी । सुनसरीको हरीनगरा गाउँपालिका-४ नुनिया टोल स्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बिहिबार दिउँसो करिब ११ बजे पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको को २३ प ६६६७ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ५३१४ नम्बरको बसले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक स्थानीय ४९ बर्षीय प्रदिप साह घाईते भएका थिए । घाईते भएका साहलाई उपचारको लागी नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालक विराटनगर-१ का ३३ बर्षीय मोहमद रेम अंसारीलाई ईलाका प्रहरी कार्यालय हरिनगराले नियन्त्रणमा लिईएको थियो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्