नेपाल र जिम्बाब्वे ’ए’ बीचको ट्वान्टी–२० खेल आज

नेपाल र जिम्बाब्वे ’ए’ बीचको ट्वान्टी–२० खेल आज

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा जिम्बाब्वे ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपाल र जिम्बाब्वेबीचको एकदिवसीय शृंखला शनिबारबाट सुरु हुने भनिएको थियो । तर, वर्षाका कारण शनिबार एकदिवसीय खेल सम्भव भएन । त्यसकारण नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार साँझ जिम्बाब्वे ‘ए’विरुद्धको खेल तालिका परिवर्तन गरेको थियो ।

परिवर्तित तालिकाअनुसार नेपालले पहिलो ट्वान्टी–२० खेल आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्न लागेको हो । यसअघि तीन खेलको एकदिवसीय शृंखला सकेपछि ट्वान्टी–२० शृंखला खेल्ने तालिका थियो । नयाँ तालिकाअनुसार ट्वान्टी–२० शृंखला सकिएपछि एकदिवसीय शृंखला सुरु हुनेछ ।

नेपाल र जिम्बाब्वे ’ए’ बीचको खेल दिउँसो १ बजेबाट हुनेछ । ट्वान्टी–२० शृंखलाका लागि क्यानले शनिबारै सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्सीय टोलीको घोषणा गरेको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखला खेल्नका लागि नेपाली टोली अमेरिका जादै छ । त्यसको तयारीमा स्वरूप नेपालले जिम्बाब्वे ‘ए’सँग तीन ट्वान्टी–२० र तीन एकदिवसीय शृंखला खेल्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्