नेपाली क्रिकेट टोलीले आज जिम्बाब्वे ‘ए’ विरुद्ध दोस्रो ट्वान्टी–२० क्रिकेट खेल्दै

नेपाली क्रिकेट टोलीले आज जिम्बाब्वे ‘ए’ विरुद्ध दोस्रो ट्वान्टी–२० क्रिकेट खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जिम्बाब्वे ‘ए’विरुद्ध दोस्रो ट्वान्टी–२० क्रिकेट खेल्दैछ । आजको खेल पनि र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे हुनेछ । नेपाललाई आज हारको बदला लिने मौका छ ।

आइतबार सम्पन्न पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइ्एको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रन बनाएको थियो । १८२ रनको लक्ष्य जिम्बाब्वेले १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।

जिम्बाब्वेका मरुमानीले ४१ बलमा तीन चौका र तीन छक्कासहित ५६ रन बनाए । मुनयोङगाले २३ बलमा सात छक्कासहित ५० रनको योगदान गरे । इनोसेन्ट काइयाले ४७ रन जोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्