स्थानीय तहको निर्वाचन मिति नजिकिँदै : उम्मेदवारहरु घरदैलोमा व्यस्त

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै : उम्मेदवारहरु घरदैलोमा व्यस्त

धरान । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । प्रतिनिधीहरुले आफ्नो कार्यकालमा गरेका राम्रो देखि नराम्रो कामलाइ समेत ध्यानाकर्षण गराउँदै उम्मेदवारहरु घर दैलो अभियानमा जारी रहेको छ ।

धरान पुर्वको मात्रै नभएर नेपालकै विकासोन्मुख शहरको रुपमा पर्दछ । विविध जाति तथा जनजातिहरूको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान हाल आएर शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरको रूपमा विकास हुँदै आएको छ । प्रदेश नं १ को मात्र नभइ नेपालकै नमुना शहर बन्न प्रयासरत छ । धरानमा हाल २० वटा वडाहरु छन् जस मध्ये १४ वटा वडामा अघिल्लो निर्वाचनमा नेकपा एमालेका जनप्रतिनिधिहरु निर्वाचित भएका थिए । निर्वाचित वडा मध्ये १२ नं वडा पनि नेकपा एमालेकै उम्मेदवारले जितेका थिए ।

१२ नं वडा धरानको नगरपालिका भएको वडा हो । वडामा नेकपा एमालेका टंक राइको समुह निर्वाचित भएको थियो । निर्वाचित हुने बित्तिकै उनले सामाजिक कार्यमा तिव्रता दिए । उनले बाटो, ड्रेन, मठ मन्दिर, पुलमा रहेको समस्याहरुलाइ समाधान गर्ने कार्यमा लागेका थिए । उनले १२ वडालाइ नमुना वडाको रुपमा चिनाउने प्रतिबद्धताका साथ फेरि पनि अध्यक्षमा उमेदवारी दिएका छन् । उनले ५ बर्षे कार्यकालमा बाटो पिच हुन बाँकी रहेका भित्री सडकहरुलाई पिच गरिसकेका छन् । पिच गरिसकेका धेरै बाटोहरुको उद्घाटन गरि सकेका छन् भने निर्वाचनले गर्दा २ वटा बाटोको उद्घाटन हुन बाकी रहेको उनी बताउँछन् । उनी १२ वडामा निर्वाचित भए पछि सामाजिक कार्यमा तिव्रता दिदै आफ्नो कार्यकाल पूरा गरेका उनी जनताको मागले फेरि वडाअध्यक्षको उमेदवारमा लड्दै छन् । उनी भन्छन्, ‘मेरो चाहाना भन्दा पनि जनताको चाहना अनुसार पार्टीले मलाई फेरि यो अवसर दिएको छ ।’

उनकै पहलमा १२ वडा कार्यलयको आफ्नै भवन निर्माण गर्ने बताएका छन्, उनले भने, ‘डिपिआर तयार भइसकेको र निर्वाचन पश्चात सो कार्यमा लाग्ने छु ।’ उनले निर्वाचन पश्चात खहरे खोला व्यवस्थित गर्ने, वडामा छुट्टै खानेपानी अभाव हुन नदिन खानेपानी व्यावस्थापन गर्ने, निःशुल्क स्वास्थ्य विमा विपन्न वृद्धवृद्धाहरूलाई वितरण गर्ने, वडाका सबै सडकहरूमा बत्तीको व्यवस्था गरिने छ र अव्यवस्थित तारहरू व्यस्थित गर्न पहल गरिने प्रतिबद्धता उनले जनाए ।

१२ वडामा घर, सडक र सरसफाइ आदीले पनि प्रसिद्ध छ । यसमा वडा सामाजिक कार्यमा मात्रै नभई शिक्षामा समेत प्रयाप्त जमर्को गरिसकेको ठाउँ हो । वडाको मात्रै नभई सुनसरीको नमुना विद्यालय रुपमा चिनिएको पब्लिक उच्च माध्यमिक विद्यालय, एम्स एकेडेमी, सुनाखरि स्कुल, हिमालयन स्कुल, सिटि कलेज जस्ता माध्यमिक तथा उच्च माध्यमिक तहको अध्ययन हुने विद्यालय यसै वडामा छन् । स्वास्थ्य क्षेत्रमा गुणस्तरिय एम्बुलेन्स सहितको जियाउल हक मेमोरियल च्यारिटी ट्रष्ट रहेको छ ।

टंक राई निर्वाचित भए पछिको ५ वर्षमा बारिष्टा तालिम, स्काभेटर तालिम, सिलाइबुनाइ तालिम गरिरहेको छ । उम्मेदवारहरुले घरदैलो अभियानमा भोट माग्ने मात्र नभएर एमालेले विगतमा गरेको कामको जानकारी गराउनुका साथै जनताको चाहना र माग सुन्दै आएको छ । समितिले सडकमा छरपष्ट रुपमा रहेका विद्युत, टेलिफोन, केबल, नेट आदिको तारहरु व्यवस्थित गरिने, वडामा पिच हुन बाँकी रहेका भित्री सडकहरुलाई पिच गरिने, भईरहेका पिच सडकहरुलाई त्यसको अवस्था हेरी पुनः स्तरीकरण गर्ने प्रतिबद्धता सहित अभियानमा लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्