धरान : गठबन्धनको तुलनामा एमाले एक कदम अगाडि

धरान : गठबन्धनको तुलनामा एमाले एक कदम अगाडि

धरान । २०७४ मा एमालेका मेयर स्वर्गीय तारा सुुब्बासँग पराजित भएका कांग्रेसका नेता तिलक राईले उप–निर्वाचनमा बाजी मारेर कम्यूनिष्टको गढ धरानमा पहिलो जित हाँसिल गरे ।

विजय हाँसिल गर्न साथ कांग्रेसका नेता तिलक राईले भनेका थिए, ‘मैले कांग्रेसको मात्र भोटले जितेको हैन,मलाई कम्युनिष्टको पनि भोट आयो । यसको सिधा अर्थ नेपाली कांग्रेस अझैपनि धरानमा एक्लै चुनाब जित्ने हिम्मत छैन वा त्यो अनुुसार संगठन गर्न सकेन । उपनिर्वाचनमा एमाले किन हार्यो ? त्यसबेला अहिले नेपाली कांग्रेसको साथमा भएको माओबादी केन्द्र एमालेसँग पार्टी एकता गरेर नेकपा भएको थियो । एमाले र माओबादीको भोट मात्र आउँदा पनि सजिलै जित हात पार्ने त्यो उप–निर्वाचनमा एमालेले दुुईवटा कारणले हार बेहोरेको थियो । एक पार्टी भित्रको आन्तरिक कलह र माओवादीको धोका ।

तारा सुुब्बाको निधन पनि कार्यबाहक मेयर भएकी तत्कालिन उपमेयर तथा हालकी मेयरकी उमेद्धार मञ्जुु भण्डारी सुुबेदी माथि विभिन्न आरोप लागे । तर आज सम्म ति आरोपहरु प्रमाणि हुन सकेनन् । ति नै आरोपका कारण पार्टिभित्र कमजोरी देखियो । अर्को कमजोरी भनेको नेकपा कालमा माओबादीले अन्तरघात गरेको एमालेको बिश्लेषण छ । तर अहिले माओबादी केन्द्र नेपाली कांग्रेसँग मिलेको छ । तर धरानका धेरै माओबादीका मतदाता नेपाली कांग्रेससँगको गठबन्धमा सहमत छैनन् । धरानको माओबादीको पक्षमा गतिविधी गर्ने एक बुद्धीजीवी भन्छन्, धरानमा एमाले र कांग्रेस टेस्ट भईसकेका छन् ।

एक्लाएक्लै लड्दा माओबादीले प्रस्टमत ल्याएर जित्न सक्थ्यो । तर यहाँ गठबन्धनको नाममा हामीले हिजो गाली गर्दै आएको पार्टी अर्थात हिजो जनयुद्धकालमा हाम्रै टाउकाको मुल्य तोक्ने पार्टिलाई भोट जिनुु पर्ने बाध्यता छ । ‘तर माओबादीका मतदाताले यो कुराको हेक्का राख्ने छन्,रुख चिन्हमा भोट हाल्न माओबादीको हात काम्छ,यो प्रस्ट छ ।’ नेपाली कांग्रेस भित्रपनि अलि चिसो खालको समस्या छ ।नेपाली काग्रेस भित्र पहुुचको आधारमा टिकट आएको भन्ने विषय तातिएको छ भने हालका मेयर तिलक राई र किशोर राईविचको विगतको तिक्ततापुुर्ण ब्यबाहारले कार्यकर्ताहरु विभाजित भएका छन् । अर्को तर्फ हालका मेयरका उमेद्धार किशोर राईलाई मेला लगाउने तथा धरान फुटबल क्लबमा ‘हिनामिना’ गरेको आरोप लाग्ने गरेको छ । तर किशोर राईले त्यसको खण्डनपनि गर्दै आएका छन् । कांग्रेस भित्र पनि माओबादीको भुमिका देखिर संकाहरु उब्जन थालि सकेको छ,नेपाली काग्रेसका एक नेताले भने हिजो कम्युुनिष्टलाई नै भोट नदिने पार्टिले गैरकम्युुनिष्ट पार्टिलाई भोट दिने कुरामा संका छ । एमालेले भने महिला उमेद्धार उठाएको र आज सम्म लागेका कुनैपनि आरोपहरु प्रमाणित हुन नसक्ने कुरालाई प्राथमिकतामा राखेको छ ।

हुन त अब नगरपालिकालाई कसरी नेतृत्व गर्ने र बजेट कहाँबाट कसरी ल्याउने भन्ने विषयमा एमालेकी मेयरकी उमेद्धारसँग अनुुभब र पहुुच दुुबै भएका कारण एमालेले जित्नुुपर्नेमा बौद्धीक ब्यक्तिहरुकोपनि तर्कहरु सुुनिने गरेका छन् । एमालेले सँगठन सुुदृढ गरेको र नगरदेखि केन्द्रसम्म पुहुच भएकाले धरानको विकासका सवालमा स्पस्टसँग काम गर्न सक्ने बताउदै आएका छन् । अर्को तर्फ खानेपानीको विषय निकै जोडले उठेको छ । खानेपानीको विषयमा एमालेबाट मेयरकी उमेद्धार मञ्जुु भण्डारी सुुबेदीले स्पस्टसँग भनेकी छन् ,अहिले धरानमा खानेपानी नभएको हैन,पानी छ तर मेयरले वितरण गर्न चाहेका छैनन ।

किनभने कांग्रेस पानीको मुुद्धामा एमालेमाथि दोष थुुपर्न चाहान्छ । विष्लेशण गर्दा सुुबदीको कुुरामा सत्यतापनि भेटिन्छ । जतिबेला आइयुडिपीबाट खानेपानीको सम्झौता हुनेबेला भयो त्यो बेला धरानमा चौतर्फि विरोध भएको थियो । तर जसरीपनि सम्झौता गर्ने भनेर हालका कांग्रेसका मेयरका उमेद्धार किशोर राईले नेतृत्व गरेर सम्झौता गराउन भुुमिका खेले । एमालेका तर्फबाट स्वर्गिय तारा सुुब्बाले हस्ताक्षर गरे । योजना सुुरु हुने बेलामा फेरी कांग्रेसका सुुजेन्द्र तामाङ समुुहले लामो आन्दोलन गर्यो । अन्तिममा सहमती भयो सम्पुुर्ण योजनाको अनुुगमन गर्ने जिम्मा नेपाली कांग्रेस अर्थात सुुजेन्द्र तामाङलाई दिने । अहिले नेपाली कांग्रेसको द्धैद चरित्र कहाँ देखिन्छ भने हिजो सम्म आयोजना ठिक भन्ने ,अनुुगमन गरेर राम्रो काम भएको भनेर रिपोट दिने अनि अहिले भ्रस्टचार भयो ,आयोजना नै गलत थियो भन्ने ? अर्को कुरा खानेपानी सँस्थानलाई खानेपानी बोर्डमा गाभेपछि पहिले देखि काम गरेका कर्मचारी लाई जिम्मेवारी नदिएर मेयरले प्लम्बीङनै नगरेका मान्छेलाई भर्ना गरे । आज कहाँ पनि खोल्दा कहाँ जान्छ भन्ने जानकारी नभएका मान्छेलाइ खटाएकै कारण कुनै ठाउमा प्रयाप्त पानी गएको छ कुनै ठाउमा छैन । यसको जिम्मेवारी नेपाली कांग्रेस र हालका मेयर तिलक राईले जिम्मा लिनुु पर्दैन ? आम रुपमा यो प्रश्न उठ्न थालेको छ ।

उपमेयर रहदा मन्जुु भण्डारीले मेयर तिलक राईलाई खुल्ला च्यालेन्जपनि दिएको सुुनिन्छ । अधिकार सहित खानेपानी ब्यबस्थापन गर्ने जिम्मेवारी दिए १५ दिनमा ब्यबस्थित रुपले पानी खुुवाउन सक्ने चुुनौती उनले मेयरलाई दिएको बताउदै आएकी छिन् । धरानमा अहिले पानी नै नभएको अबस्था हैन,पानी छ वितरण प्रकृया मिलोको छैन यो प्रस्ट हो उनले अन्र्तवार्ताहरुमा भनेकी छिन् । गठबन्धनका मेयर र उपमेयर दुुबैसँग पानीको समस्या समाधान गर्ने प्रस्ट योजना भने अहिले सम्म देखिएको छैन । तर एमालेकी मेयरकी उमेद्धारले पानीको समस्या समाधान गर्न सक्ने हिम्मत देखाएकी छिन् भने उमेयरका उमेद्धार पदम इस्वो लिम्बुुले तत्काललाई उपलब्ध पानी र आसापासका स्रोतबाट समस्या समाधान गर्ने र दिर्घकालिन रुपमा अन्य योजना सुुरु गर्ने योजनना सुुनाउदै आएका छन् । अर्को तर्फ पानीकै मुद्धा लिएर हर्क साम्पाङले स्वतन्त्र उमेद्धारी दिएका छन् । उनको उमेद्धारीलाई धेरैले प्रसंसा गरेका छन् । तर मुुद्धा उठाउन र त्यसलाई समाधान गर्न केन्द्र सम्मको पहुच आवश्यक भएकाले उनले जादुुको छडीले पानी आउन नसक्ने सबैले भन्दै आएका छन् ।

उनको खबरदारी प्रसंसनीय भएपनि मेयर जित्नेकुुरा असम्भब भएको सामाजिक सञ्जालमा टिकाटिप्पणी देख्निे गरिन्छ । धरानमा यो पटक सबैतिरको तालमेल मिलेको खण्डमा एमालेको विरासत फर्काउन सक्ने धेरैको अनुुमान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्