स्थानीय तह निर्वाचनका उमेदवारहरूलाई बैंकमार्फत खर्च गर्न आग्रह

<span class='c1'>स्थानीय तह निर्वाचनका उमेदवारहरूलाई</span> <span class='c2'>बैंकमार्फत खर्च गर्न आग्रह</span>

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उमेदवारहरूलाई बैंकमार्फत खर्च गर्न आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै आचारसंहितामा बैंक वा वित्तीय संस्थामा खाता खोली निर्वाचन खर्च गर्नुपर्ने व्यवस्था भए पनि सोअनुसार नभएको भन्दै आयोगले ध्यानाकर्षण गराएको हो ।

आचारसंहितामा राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक खातामार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नुपर्ने, पच्चिस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था छ । त्यसैगरी आचारसंहितामा व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाइ दिई उमेदवारको वा राजनीतिक दलको बैंक खातामा जम्मा गर्नुपर्ने, खर्चको विवरण तथा बिल भरपाइ राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्