आईपीएल अपडेट : बैंग्लोरले चेन्नईलाई हरायो

आईपीएल अपडेट : बैंग्लोरले चेन्नईलाई हरायो

हर्षल पटेलले महत्त्वपूर्ण तीन विकेट लिएपछि रोयल च्यालेन्जर्स बैंग्लोरले बुधबार राति इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सलाई १३ रनले हराएको छ ।

पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । पूरा ओभर खेल्दै चेन्नईले ८ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो ।

जितसँगै बैंग्लोरले ११ खेलबाट १२ अंक जोडेको छ । बैंग्लोर चौथो स्थानमा उक्लिएको छ । १० खेलबाट ६ अंकसहित चेन्नई नवौँ स्थानमा छ ।

चेन्नईका लागि डेभोन कोन्वेले सबैभन्दा धेरै ५६ रन बनाए । मोइन अलीले ३४ रन जोड्दा रुतुराज गायकवाडले २८ रनको योगदान गरे ।

बैंग्लोरका हर्सल पटेलले ३ विकेट विकेट लिए । ग्लेन म्याक्सवेलले २ विकेट लिए । शाहबाज अहमद, जोश हाज्लेउड र वानिन्दु हसरंगा डी सिल्भाले एक/एक विकेट लिए ।

त्यसअघि, बैंग्लोरका लागि महिपाल लोमरोरले ४२ रन बनाए । फाप डुप्लेसिसले ३८ रन जोड्दा विराट कोहलीले ३० रनको योगदान गरे । दिनेश कार्तिकले २६ र रजत पटीदारले २१ रन बनाए ।

चेन्नईका महिशले ३ तथा मोइन अलीले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्