नेपालको टी-ट्वान्टी अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियका दुबै वरीयता खस्कियो

<span class='c1'>नेपालको टी-ट्वान्टी अन्तर्राष्ट्रिय र एकदिवसीय</span> <span class='c2'>अन्तर्राष्ट्रियका दुबै वरीयता खस्कियो</span>

नेपालको टी-ट्वान्टी अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियका दुबै वरीयता खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको टी-ट्वान्टी र एकदिवसीय वरीयता खस्किएको हो ।टी-ट्वान्टीतर्फ नेपालको वरीयता एक स्थान खस्किएको छ। १२ औं स्थानमा रहेको यो पटक १३ औं स्थानमा झरेको छ।

वरीयताको शीर्ष स्थानमा भारत दोस्रोमा इङ्ल्याण्ड र तेस्रोमा पाकिस्तान छन्। नेपालभन्दा अगाडि युएई १२ औं स्थानमा छ भने जिम्बाम्बे ११ औं स्थानमा छ।आयरल्यान्ड १४ औं, स्टकल्यान्ड १५ औं, नामिबिया १६ औं र ओमान १७ औं स्थानमा छन् ।

यस्तै एकदिवसीयमा नेपालको वरीयता एक स्थान तल खस्किएर १९ औं स्थानमा पुगेको छ।

यसअघि नेपाल १८ औं स्थानमा रहेको थियो।  १८ औं स्थानमा अमेरिका उक्लिएको छ। १७ औं स्थानमा नामिबिया, १६ औं स्थानमा ओमान र जिम्बावे १५ औं स्थानमा छ। ओडिआईमा शीर्षस्थानमा न्युजिल्यान्ड शीर्ष, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो र भारत चौथो स्थानमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्