रामधुनी-८ को वडाध्यक्ष पदका उम्मेदवार पौडेल झुण्डिएको अवस्थामा फेला

रामधुनी-८ को वडाध्यक्ष पदका उम्मेदवार पौडेल झुण्डिएको अवस्थामा फेला

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-८ को वडाध्यक्ष पदका बागी उम्मेदवार नेपाली कांग्रेसका गणेश पौडेल झुण्डिएको अवस्थामा फेला परेका छन् ।

शनिबार बिहान आफ्नै निवास पछाडी झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो । उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् । एक स्थानीयले भने, 'चुनाव र पार्टीगत विवादले होला पौडेल केही दिनयता तनावमा देखिन्थे । त्यही तनावले घटना भएजस्तो छ ।'

नेपाली कांग्रेसका क्रियाशील नेता रुपमा चिनिएका पौडेलले यसपटकको निर्वाचनमा वडा नम्बर ८ को वडाध्यक्ष पदका दाबेदार थिए । पार्टीबाट टिकट पाउनुपर्ने उनको माग थियो । तर, पार्टीले टिकट नदिएपछि प्यानलसहित उनले बागी उम्मेद्वारी दिएका थिए । अघिल्लो निर्वाचनमा पनि वडाध्यक्षको लागि उनको नाम सिफारिसमा परेको भएपनि उनले टिकट भने पाएका थिएनन् ।

यसपटक पनि टिकट नपाएपछि बागी उम्मेद्वार बनेर खडा भएका उनलाई पार्टीबाट समेत उम्मेद्वारी फिर्ता लिन दबाव आएको थियो । उम्मेदवारी फिर्ता नलिएपछी पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गर्ने निर्णय गरेको थियो ।

३ दिनअघि पौडेल इनरुवाबाट अपहरणमा समेत परेका थिए । तर, अपहरणको परेको भनिएका पौडेल भोलिपल्ट बेलुका सम्पर्कमा आएका थिए । परिवारजनले भने हराएको भनी प्रहरीमा निवेदन दिएका थिए ।

हाल प्रहरीले भने घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । शवको प्रकृति हेर्दा प्रारम्भिक अनुसन्धानको नतिजा अनुसार पौडेलले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्