कती प्रयोग भईएछ

कती प्रयोग भईएछ

-बिनयबिष्णु केसी

एकान्तमा हराउँदै
कयौँ पटक म सोच्छु
कती प्रयोग भईएछ
कतीले प्रयोग मात्र गरेछन् ।

आफ्ना सबै कहानीहरु
अरुका सपना भएछन
कोरएिका ती शब्दहरु
कसैलाई मार्ग चित्रण भएछ ।।

कती घोटिएछु
कती प्रयोग भएछु
यथार्थको खोजीमा
अरुका सपना साकार पार्न ।

यधपी खुशी लाग्छ
मेरा सपना कसैलाई
आत्मसन्तुष्टीको एउटा
आयाम त बनेछ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्