विराटनगरको गुरुकुलमा “चरित्रहीन चेली”

<span class='c1'>विराटनगरको गुरुकुलमा</span> <span class='c2'>“चरित्रहीन चेली”</span>

विराटनगर । आरोहण गुरुकुलमा सोमबारदेखि नयाँ नाटक मञ्चन भइरहेको छ ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा “चरित्रहीन चेली”नामको नाटक मञ्चन भइरहेको हो । दीपा दाहालको कथालाई धिरज राईले परिकल्पना तथा निर्देशन गरेर नाटक तयार पारेका हुन् ।

गत सोमबारदेखि शुरु भएको नाटक आगामी शनिबारसम्म दैनिक साँझ ५ः३० बजे मञ्चन हुने निर्देशक राईले बताए । शनिबार अतिरिक्त प्रदर्शन बिहान ११ बजे गरिने उनको भनाइ छ ।एक जना सिटी सफारी महिला चालकको जीवन-घटनाको वरपर घुमेको यस नाटकले महिलावादको विषयलाई उठान गर्ने प्रयास गरेको छ । यस नाटकमा सीमा आभासको कविता “म स्त्री अर्थात् आइमाई” र पारिजातको कविता“मानुषी” प्रयोग गरिएको छ ।

नाटकमा भरत कार्की, देवेन्द्र यादव, समिक्षा दाहाल, प्रदीप दाहाल, अजय सुवेदी, अनुशा कटवाल, जानुका रेग्मी, पासाब ल्हामु शेर्पा, अंशु खतिवडाले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्