मतपत्रमा मतदान अधिकृृतको हस्ताक्षर नभेटिएपछि धरान-२० को मतगणना स्थगन

मतपत्रमा मतदान अधिकृृतको हस्ताक्षर नभेटिएपछि धरान-२० को मतगणना स्थगन

विराटनगर । धरान उप-महानगरपालिका वडा नं. २० को मतगणना स्थगन गरिएको छ ।

१८ वटा मतपत्रमा मतदान अधिकृृतको हस्ताक्षर नभएको भेटिएपछि मतगणना स्थगन गरिएको हो । सर्वपक्षीय छलफल पश्चात हस्ताक्षर नभएको मतपत्रलाई निर्वाचन कार्यालयले बदर गर्ने निर्णय गरेसँगै नेकपा माओवादी केन्द्रका समर्थकहरुले हाल नाराबाजी गरिरहेका छन् । उनीहरुले हस्ताक्षर बिनाको मतपत्रलाई पनि मान्यता दिनुपर्ने माग राख्दै नाराबाजी गरेपछि अहिले मतगणना स्थगित भएको हो ।

धरानस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरान २० मा १८ वटामध्ये माओवादी ११ र बाँकी ७ वटा काँग्रेस एमालेको मतपत्र बदर भेटिएपछि सर्वदलीय छलफल पश्चात हस्ताक्षर विनाको मतपत्रलाई बदर गरिएको थियो ।

घोषणा गर्न बाँकी रहँदै माओवादी केन्द्रले हस्ताक्षर बिनाको मतपत्रलाई पनि सदर गर्नुपर्ने माग राख्दै नारा बाजी गरेपछि अहिले धरानमा मत गणना स्थगित भएको हो । वडा नं. २० मा २०२१ मत खसेको थियो । गणना हुदा नेपाली काँग्रेसका वडाध्यक्षका उमेद्वारले ६ मत बढी ल्याएर निर्वाचित १ हजार ३ सय मत गनिसकेपछि अन्तिममा मत परिणाम आउन बाकी रहदा तनाव स्थिति भएको हो ।

अहिले पनि तनाव जारी रहेकाले मतगणन स्थागित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्