सुनवर्षीमा विजयी जुलुस निकाल्दा ट्रयाक्टर दुर्घटना : २ जनाको अवस्था गम्भीर

<span class='c1'>सुनवर्षीमा विजयी जुलुस निकाल्दा ट्रयाक्टर दुर्घटना</span> <span class='c2'>: २ जनाको अवस्था गम्भीर</span>

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा विजयी जुलुस निकाल्ने क्रममा ट्रयाक्टर दुर्घटनामा परी १३ जना घाईते भएका छन् ।

सुनवर्षी–६ स्थित सिटौला टोलमा नेकपा (एमाले) को विजयी जुलुस निकाल्ने क्रममा ट्रयाक्टर दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् । घाईतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताईएको छ । उनीहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको जनाईएको छ । घटना बारे थप यकीन विवरण प्राप्त हुन बाँकी छ ।

मोरङको सुनवर्षी नगरपालिकाको प्रमुखमा भने नेकपा (एमाले) बाट श्याम प्रसाद राजवंशी ८६३९ र उपप्रमुखमा पनि एमाले बाटै मिरा देवी दास केवरत ८३८३ मत सहित विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्