मोरङको धनपालथानको अध्यक्षमा काँग्रेसका जिवछ प्रसाद गच्छदार विजयी

मोरङको धनपालथानको अध्यक्षमा काँग्रेसका जिवछ प्रसाद गच्छदार विजयी

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको प्रमुुखमा नेपाली काँग्रेसका जिवछ प्रसाद गच्छदार ६३२९ मत सहित विजयी भएका छन् ।

आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मुसहरु मण्डललाई २७१ मतले पछि छोड्दै गच्छदार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गच्छदार गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदा उनका अन्य प्रतिस्पर्धीहरु नेकपा (माओवादी केन्द्र) का आनन्दी मण्डल गनगाईले ३३७५ र जसपाका विजय कुमार सिंहले २५६५ मत ल्याए ।

यस्तै, गाउँपालिको उपाध्यक्षमा दोश्रो कार्यकालका लागि नेपाली काँग्रेसकी नसीमा वानो निर्वाचित भएकी छन् । उनले ६२८२ मत ल्याएकी छन् । मोरङमा हालसम्म धनपालथान सहित कटहरी, कानेपोखरी, केराबारी, जहदा, बुढीगंगा, मिक्लाजुङ, लेटाङ र सुनवर्षी गरी कुल ९ पालिकाको मतपरिणाम घोषणा भईसकेको छ । बाँकी पालिकाहरुमा मतगणना जारी छ ।

विराटनगरको मतगणना भने शनिबार साँझसम्म सम्पन्न हुने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्