रोहितकुमार पौडेल नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तान बने

रोहितकुमार पौडेल नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तान बने

रोहितकुमार पौडेल नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार रोहितलाई उपकप्तान घोषित गरेको हो ।

क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंहलाई अनुशासनको कारबाही गरेर सन्दीप लामिछानेलाई कप्तान बनाएको थियो । क्यानले त्यतिबेला सन्दीपलाई कप्तान बनाए पनि उपकप्तान तोकेको थिएन ।

नेपाली क्रिकेट टोली आईसीसी क्रीकेट विश्वकप लिग-२ का लागि अमेरिका जादैछ । अमेरिका र स्कटल्यान्ड भ्रमणका लागि क्यानले रोहितलाई उपकप्तान तोकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्