धनुषाको नगराइन नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी

<span class='c1'>धनुषाको नगराइन नगरपालिकाको मेयरमा</span> <span class='c2'>नेपाली कांग्रेस विजयी</span>

धनुषाको नगराइन नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ।

नेकपा एमालेका उम्मेदवारलाई ४२ मतले पराजित गर्दै कांग्रेसका उम्मेदवार विनय कुमार यादव विजयी भएका हुन्।  उनले ५ हजार ५५६ मत प्राप्त गरे।उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामबाबु  पजियारले ५ हजार ५१४ मत ल्याएका छन्।

उपमेयरमा भने एमालेकी राधादेवी यादव निर्वाचित भएकी छन्। ५ हजार ७३० मत ल्याएर उनले उपमेयर जितेकी हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रञ्जुकुमारी साहले  ५ हजार ५२३ मत प्राप्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्