आईपीएल : कोहलीको आक्रमक ब्याटिङमा बैंगलोरको जित, प्लेअफ सम्भावना जिवितै

आईपीएल : कोहलीको आक्रमक ब्याटिङमा बैंगलोरको जित, प्लेअफ सम्भावना जिवितै

पूर्व कप्तान विराट कोहलीले आक्रमक ब्याटिङ प्रदर्शन गरेपछि रोयल च्यालेन्जर्स बैंगलोरले बिहीबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्समाथि ८ विकेटको विजय हासिल गरेको छ ।

जितसँगै बैंगलोरले प्लेअफको सम्भावना जिवित राखेको छ । १४ खेलबाट १६ अंक जोडेको  बैंगलोर चौथो स्थानमा छ । १३ खेलबाट १४ अंक जोडेको दिल्ली क्यापिटल्स पाँचौं स्थानमा छ । दिल्लीले शनिबार मुम्बई क्यापिटल्सविरुद्ध खेल्नेछ । दिल्लीले जितेमा बैंगलोरको सम्भावना समाप्त हुनेछ । किनकी दिल्लीको पनि १६ अंक हुनेछ र रनरेटमा दिल्ली अघि हुनेछ । दिल्ली पराजित भए बैंगलोरले प्लेअफमा स्थान पक्का गर्नेछ । गुजरातले भने यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको छ ।

मुम्बईको वाङ्खडे रंगशालामा गुजरातले टस जितेर ब्याटिङ गरेको थियो । गुजरातले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्य बैंगलोरले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।

बैंगलोरका लागि कोहलीले ५४ बलमा आठ चौका र दुई छक्कासहित ७३ रन बनाए । कप्तान फफ डुप्लेसीले ४४ रन जोडे । कोहलीले र डुप्लेसीले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए । ग्लेन म्याक्सवेलले १८ बलमा पाँच चौका र दुई छक्कासहित अविजित ४० रन बनाए । दिनेश कार्थिक दुई रनमा अविजित रहे ।

गुजरातका राशिद खानले २ विकेट लिए ।

त्यसअघि गुजरातका लागि कप्तान हार्दिक पान्डेयले अविजित ६२ रन बनाए । डेभिड मिल्नरले ३४ रन जोड्दा ऋदिमन शाहले ३१ रन बनाए । राशिद खान १९ रनमा अविजित रहे ।

बैंगलोरका जोश हाज्लेउडले २ विकेट लिए । म्याक्सवेल र वानिन्दु हसरंगा डी सिल्भाले एक एक विकेट लिए ।

आईपीएलमा आज राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्