झापामा यौन दुर्व्यवहारको आरोपमा सुन्दरी प्रतियोगिताका सञ्चालक पक्राउ

झापामा यौन दुर्व्यवहारको आरोपमा सुन्दरी प्रतियोगिताका सञ्चालक पक्राउ

विराटनगर । झापामा सुन्दरी प्रतियोगिता जिताउने प्रलोभन देखाएर किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ‘मिस्टर एण्ड मिस कलेज २०२२’ को आयोजक संस्था शंकर आर्ट्स फाउन्डेसनका निर्देशक समेत रहेका लालबहादुर शंकर प्रहरीले पक्राउ गरेको छ ।

झापाको दमकमा घर भएकी १७ वर्षीया किशोरीको उजुरीपछि शंकरलाई प्रहरीले पक्राउ गरेको हो । शंकरले सामाजिक संजाल फेसबुक म्यासेन्जर तथा ह्वाट्स एपमार्फत आफूसँग नजिक हुनेलाई उक्त प्रतियोगिता जिताइदिने भन्दै यौन दुर्व्यवहार गरेको किशोरीले दिएको उजुरीमा उल्लेख छ ।

किशोरीले इलाका प्रहरी कार्यालय दमकमा वैशाख २८ मा उजुरी दिएकी थिईन्। चुनावी चहलपहलमा व्यस्त भएका कारण तीन दिनअघि शंकरलाई पक्राउ गरेको प्रहरी जनाएको छ ।

जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरी बाल यौन दुरूपयोग कसुरमा शंकरमाथि थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्