आईफोन १३ जस्तै देखिने ९ हजारको स्मार्टफोन सार्वजनिक

आईफोन १३ जस्तै देखिने ९ हजारको स्मार्टफोन सार्वजनिक

काठमाडौं । एलईटिभीले आईफोन जस्तै देखिने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।

आर्थिक समस्याका कारण विगत केही वर्षदेखि कुनै स्मार्टफोन सार्वजनिक नगरेको कम्पनी दुरुस्तै आईफोन १३ जस्तै देखिने नयाँ स्मार्टफोन बजारमा ल्याएको हो । ‘एलईटिभी वाई वान प्रो’ डिजाइनमा बजारमा सार्वजनिक उक्त फोनको मुल्य ७५ डलर अर्थात् करिब ९ हजार ४०० रुपैयाँबाट तोकिएको छ । फोरजी नेटवर्क मात्र सपोर्ट गर्ने उक्त फोन ४ जीबी ¥याम र २५६ जीबी इन्टरनल स्टोरेजसम्मको भेरियन्टमा उपलब्ध छ । फोनमा माइक्रो एसडी अर्थात् मेमोरी कार्ड समेत प्रयोग गर्न सकिने जनाईएको छ ।

एलईटिभीको वाई वान प्रो फोनमा एचडी रेजोलुसनको ६.५४ ईन्चको एलसिडी स्क्रिन छ । अन्य फोनको तुलनामा हलुङ्गो मानिने उक्त फोन २०८ ग्राम तौलको रहेको छ । फोनमा फिङ्गर प्रिन्ट स्क्यानरको सुविधा नभएपनि एन्ड्रोईड ११ सपोर्ट गर्ने भएकाले यसमा फेस लकको सुविधा दिईएको छ । फोनमा ५ मेगा पिक्सेलको सेल्फी क्यामेरा रहेको छ भने ८ मेगा पिक्सेलको दुईवटा मुख्य (रियर) क्यामेरा रहेको छ ।

टाइप–सी केवल सपोर्ट गर्ने फोनको ब्याट्री क्षमता ४००० एमएएच क्षमताको रहेको छ । फोन भने स्टार ह्वाइट, मिडनाइट ब्ल्याक र स्टार ब्लु गरी विभिन्न ३ मोडेलमा उपलब्ध रहेको जनाईएको छ । हाल चिनियाँ बजारमा मात्र उपलब्ध एलईटिभी वाई वान प्रोको ४/३२ जीबी भेरियन्ट करिब ९ हजार ४००, ४/१२८ जीबी भेरियन्टको मूल्य १३ हजार ५०० र ४/२५६ जीबी भेरियन्टको मूल्य करिब १६ हजार ८०० निर्धारण गरिएको छ ।

यो फोन हाल चिनियाँ बजारमा मात्र उपलब्ध रहेकाले नेपाली उपभोक्ताले अलिबाबा नामक अनलाईन सपिङ कम्पनीबाट उक्त फोन खरिद गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्