प्रदेश नं. १ का यी ठाउँमा जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्छ

प्रदेश नं. १ का यी ठाउँमा जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्छ

काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायकको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले देशका केही ठाउँमा कुनै पनि बेला इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ ।

नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशातर्फ गैरकानूनी ढङ्गले सेवा प्रदायकको इन्टरनेट प्वाइन्ट (डेटा सेन्टर, पीओपी) र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरबेटी समेतको विद्युत लाइन काट्ने कार्य निरन्तर रुपमा गरिरहेकाे भन्दै आईस्पानले त्यस्ता ठाउँमा इन्टरनेट बन्द हुनसक्ने जानकारी दिएको छ ।

सोमबार एक सूचना जारी गर्दै आईस्पानले विद्युत प्राधिकरणले यी स्थानमा विद्युत लाइन काट्दा ब्याकअप सिस्टमका कारण केही समय इन्टरनेट चलिरहेपनि ब्याकअप सिस्टमले धान्न छाडेपछि कुनै पनि समयमा इन्टरनेट बन्द हुनसक्ने उल्लेख गरेकाे छ । यस अन्तर्गत इलाम, विराटनगर, खोटाङ, गाइघाट, इनरुवा, धरान, धुवही, लहान र डाेटीमा इन्टरनेट सेवा बन्द हुनसक्ने जनाइएकाे छ ।

‘ब्याकअप सिस्टमले धान्न छोडेपछि यी स्थानमा कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने कुरा ग्राहक महानुभावहरु र सम्बन्धित सबैलाई दुःखका साथ जानकारी गराउँदछौ,’ सूचनामा भनिएकाे छ ।

साथै नेपाल सरकारको उच्चस्तरीय समितिको प्रतिवेदन अनुसार मात्र पाेल भाडा तिर्न इन्टरनेट सेवा प्रदायकहरू तयार भएकाे पनि आईस्पानले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्