एनआईसी एशियाद्वारा रामधुनीका सिटी रिक्सा चालकहरुलाई क्युआर कोड हस्तान्तरण

एनआईसी एशियाद्वारा रामधुनीका सिटी रिक्सा चालकहरुलाई क्युआर कोड हस्तान्तरण

विराटनगर । डिजिटल भुक्तानी प्रर्वद्धनका निम्त्ति एनआईसी एशिया बैंकको झुम्का शाखाले सिटी तथा अटो रिक्सा चालकहरुलाई क्युआर कोड हस्तान्तरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरि बैंकले सुनसरीको रामधुनीका १५० जना सिटी तथा अटो रिक्सा चालकहरुलाई क्युआर कोड हस्तान्तरण गरेको हो । यातायातको भुक्तानी प्रक्रियालाई डिजिटलाईज गर्न बैंकले उक्त क्युआर वितरण गरेको जनाएको छ ।

यसले आम उपभोक्ता र सेवा प्रदायकहरुलाई समेत नगद कारोबारको झन्झटबाट मुक्ति मिल्ने विश्वास लिईएको बैंकका प्रदेश नं. १ प्रमुख विकास खरेलले बताए । नेपाल सरकारको नगदरहित कारोबार बढाउने रणनीतिलाई पछ्याउँदै बैंकले त्यसको सुरुवात स्वरुप क्युआर कोड वितरणलाई निरन्तरता दिईरहेको बैंकका डिजिटल इन्चार्ज रोजन न्यौपानेले जानकारी दिए ।

शुक्रबार आयोजित कार्यक्रममा बैंकले सिटी रिक्सा चालकहरुलाई क्युआर कोडका साथै रातो टि–सर्ट र वार्षिक क्यालेण्डर समेत उपलब्ध झुम्का शाखाका प्रबन्धक सन्देश भण्डारिले जनकारी दिएका छन् । एनआईसी एशियाको देशभर भने ३५९ शाखा कार्यालय, ४७३ एटिएम र १०२ वटा विस्तारित काउन्टरहरु रहेका छन् ।

बैंकले रु.१० लाख रकमको दुर्घटना विमा १ वर्ष सम्मको लागि र नि:शुल्क तथा उपलब्धीमुलक मात्र नभई नगद बचतको सम्भावना बोकी डिजिटल माध्यमलाई अधिक्तम प्रयोगमा अगाडि बढेर आफु तथा आफ्नो परिवारको उज्जवल भविष्य बनाउन र नगद बचत गरि सम्पूर्ण इ–रिक्सा चालक संघ रामधुनी सुनसरी तथा यस नगरबासीहरुलाई अगाडि बढ्न रामधुनी इ–रिक्सा चालक संघ रामधुनी सुनसरीका अध्यक्ष शर्मिला पराजुलीले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्