प्रदेश १ मा वाई वाइ ग्लोकल टिन हिरो नेपाल २०२२ को लागि एक्टिभेशन सफलतापुर्बक सम्पन्न

प्रदेश १ मा वाई वाइ ग्लोकल टिन हिरो नेपाल २०२२ को लागि एक्टिभेशन सफलतापुर्बक सम्पन्न

विराटनगर । नेपालको पुर्वेली क्षेत्रमा भद्रपूर, कांकडभिट्टा, फिक्कल, धरान, विराटनगर लगायत विभिन्न सहरमा वाईवाई ग्लोकल टीन हीरो नेपाल २०२२ बारे जानकारी साझा गर्नको निम्ति विद्यालयहरुमा एक्टिभेशन कार्यक्रम भईरहेको छ । यस कार्यक्रम मार्फत विभिन्न विद्यालय र ८०००+ किशोर किशोरीहरूलाई वाईवाइ ग्लोकल टिन हिरोको बारेमा जानकारी गराईएको थियो । कार्यक्रमको जानकारी सातै प्रदेशमा साझा गर्ने लक्ष्य लिएर अगाडि बढीरहेको कुरा आयोजकले जनाएको छ।

‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ । वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ । वाईवाई ग्लोकल टीन हीरो नेपालको आठौं संस्करणका लागि आवेदन खुलेको छ ।

प्रतिभावान किशोर किशोरिहरुले https://glocalteenhero.com/nepal मार्फत नि:शुल्क आवेदन दिन सक्ने छन् । यसबाहेक, तपाईहरुले चिनेका अद्भुत किशोर किशोरीहरूलाई मनोनयन पनि गर्न सक्नु हुनेछ । यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२२ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्