भूपाल राईकाे कवितासँगै सकियो काव्यारोहणको पहिलो श्रृंखला

भूपाल राईकाे कवितासँगै सकियो काव्यारोहणको पहिलो श्रृंखला

विराटनगर । काव्यारोहण आरोहण कविता यात्राको पहिलो श्रृंखला सकिएको छ ।

आरोहण गुरुकुल विराटनगरले २०७७ सालको मंसिरदेखि शुरु गरेको काव्यारोहणको पहिलो श्रृंखलामा १२ कविले एकल कविता वाचन गरे । शनिबार सुशीला कोइराला नाटकघरमा १२ औँ तथा अन्तिम अनुक्रममा कवि भूपाल राईले आफ्ना १४ वटा कविताहरु सुनाए ।

भोजपुरमा जन्मिएका राई क्रान्तिकारी कविका रुपमा परिचित छन् । उनका दर्जन कृति प्रकाशित छन् । कवि वैरागी काइँलाका कविता सुनेर शुरु भएको कविता यात्रामा तुलसी दिवस, बम देवान, मोमिला, मनप्रसाद सुब्बा, तीर्थ श्रेष्ठ, कुन्ता शर्मा, सुमन पोखरेल, श्रवण मुकारुङ र बद्रीप्रसाद पोखरेल (बद्री भिखारी) र मञ्जु काँचुली प्रस्तुत भएका थिए ।

अब काव्यारोहण दोस्रो श्रृंखला केहि समयपछि शुरु गर्ने आयोजक आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । प्रत्येक महिनाको पहिलो शनिरबार दिउँसो १ बजे शुल्क तिरेर कविता हेर्ने परम्परा बसाएको गुरुकुलमा पूर्वी नेपालका विभिन्न क्षेत्रबाट स्रोताहरु पुग्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्