अविरल जनसाहित्य यात्रामा डा.आचार्य

अविरल जनसाहित्य यात्रामा डा.आचार्य

काठमाडौँ । राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको मासिक अविरल जनसाहित्य यात्राको ६९औँ शृङ्खलामा कवि डा.भागवत आचार्यका एक दर्जन कविता प्रस्तुत भएका छन् ।

कार्यक्रममा राष्ट्र, राष्ट्रियता र श्रमिक वर्गका भाव तथा भावनाहरू अभिव्यक्त डा.आचार्यका गद्य र पद्य कविताका साथै गीतसमेत प्रस्तुत गरिएको थियो । हाल नेपाल राष्ट्र बैंकमा उपनिर्देशक रहनुभएका डा.आचार्य पूर्वप्राध्यापक पनि हुनुहुन्छ । उहाँका कवितामाथि समीक्षा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले आचार्यका कविताले समयबोधका साथै जनपक्षीय चिन्तनलाई आत्मसात् गरेको बताउनुभयो ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आरसी न्यौपानेले स्रष्टाहरुले क्रान्तिचेतलाई सधैँ जीवन्त राख्नुपर्नेमा जोड दिँदै अविरल यात्राले त्यो कडीलाई जोडेको बताउनुभयो । सङ्घका अध्यक्ष राम विनयले सबैले सबैलाई गर्न मिल्ने वर्गीय प्रेम भएकाले त्यही प्रेमले आफूहरूलाई एकापसमा बाँधेको र सिर्जनाका माध्यमबाट वर्गीयता प्रकट गराउनुपर्ने खाँचो औँल्याउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्