झोराहाट नाट्य समूहलाई गोपालप्रसाद रिमाल राष्ट्रिय नाट्य पुरस्कार

<span class='c1'>झोराहाट नाट्य समूहलाई गोपालप्रसाद</span> <span class='c2'>रिमाल राष्ट्रिय नाट्य पुरस्कार</span>

विराटनगर । कला, साहित्यप्रति समर्पित मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहलाई सरकारले गोपालप्रसाद रिमाल राष्ट्रिय नाट्य पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले झोराहाट नाट्य समूहलाई ‘गोपालप्रसाद रिमाल राष्ट्रिय नाट्य पुरस्कार–२०७८’ प्रदान गर्ने भएको छ । नगद १ लाख रुपैयाँ राशिको उक्त पुरस्कार झोराहाट नाट्य समूहलाई प्रदान गरिने मन्त्रालयले जनाएको छ । झोराहाट नाट्य समूहले नाटक विधाबाट यो पुरस्कार पाउन लागेको हो ।

मन्त्रालयको संस्कृति प्रवद्र्धन कार्यक्रमअन्तर्गत झोराहाट नाट्य समूहलाई यो पुरस्कार प्रदान गर्न लागिएको मन्त्रालयका सूचना अधिकृत टेकनारायण पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । झोराहाट नाट्य समुह उक्त पुरस्कार पाउने घोषणालाई स्वागत गर्दै समूहका नाट्यकर्मी भरत गुरागाईं बर्बरिकले “गाउँमा रङ्गमञ्च जीवन र संस्कृतिको फरक अभ्यास’ भन्ने भावनाका साथ निरन्तर चलिरहेको झोराहट नाट्य यात्रालाई संघीय सरकारले सम्बोधन गरेको मैले महसुस गरेको छु,” गुरागाईंले भने, “काम गर्दै जाँदा राज्यले सम्झँदो रहेछु । धेरै खुसी छु म । यो पुरस्कार कला क्षेत्रमा लाग्ने सबैका लागि हो भन्ने ठानेको छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्