कतार विश्वकप २०२२ : ‘अर्ध–स्वचालित अफसाइड प्रविधि’ प्रयोग हुने

कतार विश्वकप २०२२ :  ‘अर्ध–स्वचालित अफसाइड प्रविधि’ प्रयोग हुने

फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकप २०२२ मा ‘अर्ध–स्वचालित अफसाइड प्रविधि’ प्रयोग गर्ने भएको छ । फिफाले शुक्रबार ‘अर्ध–स्वचालित अफसाइड प्रविधि’बाट धेरै छिटो र विश्वसनीय निर्णय आउने विश्वास व्यक्त गरेको छ ।

“हामीले भिडियो सहायक रेफ्री (भीएआर)को प्रभावकारी प्रयोगका लागि निरन्तर काम गर्दै आएका छौँ । विशेष गरी अफसाइड लाइनको विषयमा,” फिफा रेफ्री कमिटिका प्रमुख पियरलुइगीले भने, “कहिलेकाँही रिभ्यू जाँच गर्ने समय धेरै लामो भएकोबारेमा हामी सचेत छौँ ।

फिफाले पछिल्लो सात महिनामा दुई खेल (अरब कप र क्लब विश्वकप)मा यस प्रविधिको प्रयोग गरिएको थियो । यसले भिडियो सहायक रेफ्रीको निर्णयलाई ७० बाट २५ सेकेन्डमा झरेको थियो । अब फिफा विश्वकपमा पूर्ण प्रयोग हुने अनुमान गरिएको छ । फिफा विश्वकप नोभेम्बर २१ देखि १८ डिसेम्बरसम्म कतारमा हुने छ ।

‘अर्ध–स्वचालित अफसाइड प्रविधि’का लागि रंगशालाका छानामामुनि विभिन्न १२ स्थानमा ‘डेडिकेटेड क्यामरा’ र बलमा ‘चिप्स’ राखिने भएको छ । जसले बललाई ‘ट्रयाक’ गर्ने छ । र, प्रत्येक खेलाडीमा कम्तीमा २९ ‘डाटा पोइन्ट’ राखिनेछ । जसले प्रति सेकेन्ड ५० डाटा पठाउने छ । त्यस्तै बलमा भएको चिम्सले प्रति सेकेण्ड ५०० डाटा पठाउने बताइएको छ । जसका कारण भिडियो सहायक रेफ्रीलाई अफसाइडको निर्णय लिन सहज हुने छ ।

“परीक्षणमा अधिक सफल भएको छ । कतारमा रेफ्री र सहायक रेफ्रीलाई सही निर्णय लिन यसले धरै मद्दत गर्नेमा हामी पूर्ण विश्वस्त छौँ,” पियरलुइगीले भने, “केहीले यसलाई रोबर्ट अफसाइड पनि भनेका छन् । तर, त्यस्तो होइन । अझै पनि रेफ्री र सहायक रेफ्री उक्त निर्णयमा जिम्मेबार हुनेछन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्