क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिम दोस्रो अभ्यास खेलमा बिजयी

क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिम दोस्रो अभ्यास खेलमा बिजयी

उपकप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएको खेलमा नेपाली क्रिकेट टोलीले आइतबार राति क्यानडा भ्रमणको दोस्रो अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हराएको छ । नेपालको यो लगातार दोस्रो जित हो । यसअघि, एकदिवसीय खेलमा पनि नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो ।

अचानक तय भएको ट्वान्टी–२० क्रिकेटमा नेपालले आइतबार राति टस जितेर ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाएर २०९ रन बनाएको थियो । २१० रनको लक्ष्य पछ्याएको ओन्टारियाले १९.३ ओभरमा सबै विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

ओन्टारियोका लागि वरुण सेहदेबले ५० रन बनाए । नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी नरेश बुढाएरले ४१ रन बनाए । ओपनर जड पडमोरले ३७ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि सोमपाल कामीले २ विकेट लिँदा करण केसी, आदील अन्सारी र किशोर महतोको नाममा १÷१ विकेट रह्यो ।

त्यसअघि, टस जितेर ब्याटिङ गरेको नेपालका लागि रोहितकुमारले अविजित ७१ रन बनाए । रोहितकुमारले ३१ बलमा ५ चौका र ५ छक्का प्रहार गरेका थिए । दीपेन्द्रसिंहले २७ बलमा ६ चौका र दुई छक्कासहित ५० रन बनाए । ओपनर पवन सर्राफले ३७ रन बनाउँदा कुशल भुर्तेल दुई रनमा आउट भए । देव खनालले २० रन जोडे । आदिल १० रनमा अविजित रहे । ओन्टारियोका रेमन्ड बेनोईले, हसन मिर्जा, वरुण र किनान टिन्टोले १÷१ विकेट लिए ।

नेपालले अब जुलाई ५ र ६ मा क्यानडाविरुद्ध एकदिवसीय खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्