नेपाल र क्यानडाबीचको एकदिवसीय खेल रद्द, आज दोस्रो एकदिवसीय खेल

नेपाल र क्यानडाबीचको एकदिवसीय खेल रद्द, आज दोस्रो एकदिवसीय खेल

भारी वर्षाका कारण मंगलबार हुने भनिएको नेपाल र क्यानडाबीचको एकदिवसीय खेल रद्द भएको छ । नेपालले आज दोस्रो एकदिवसीय खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दै छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले पहिले क्यानडा भ्रमणमा दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय र दुई एकदिवसीय क्रिकेट खेल्ने जनाएको थियो । तर, पछि क्यानका क्रिकेटिङ म्यानेजर विनोद दासले स्कटल्यान्डमा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारी भएकाले एकदिवसीय क्रिकेट मात्र खेल्न लागेको बताएका थिए ।

त्यसपछि क्यानले एक अभ्यास खेल र क्यानडाविरुद्ध दुई खेल खेल्ने जनाएको थियो । तर, क्यानडा पुगेपछि क्यानले तालिका नै परिवर्तन गरेर स्थानीय टोलीसँग ट्वान्टी–२० स्वरुपकै अभ्यास खेलेको थियो । जसका कारण ४ र ५ जुलाईमा हुने भनिएको खेल ५ र ६ जुलाईमा सारिएको थियो ।

नयाँ तालिकाअनुसारको पहिलो खेल रद्द भएको छ । आज दोस्रो खेल छ ।

अमेरिकामा आईसीसी क्रिकेट विश्वकप लिग–२ खेलेर फर्किएपछि नेपाली टोलीले नेपालमा कुनै अभ्यास नगरी क्यानडा गएको थियो । क्यानडामा नेपालले त्यहाँको स्थानीय टिमसँग दुई अभ्यास खेलमात्र खेलेको छ । नेपाली टोली त्यहाँबाट सिधै क्यानडा जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्