सन्दीप लामिछानेले श्रीलंकाको लंकन प्रिमियर लिग (एलपीएल) क्रिकेट खेल्ने

सन्दीप लामिछानेले श्रीलंकाको लंकन प्रिमियर लिग (एलपीएल) क्रिकेट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले श्रीलंकाको लंकन प्रिमियर लिग (एलपीएल) क्रिकेट खेल्ने भएका छन् । लंकन प्रिमियर लिगको फ्रेन्चाइज क्लब डम्बुला जायन्ट्सले मंगलबार सन्दीपलाई लिएको हो ।

डम्बुलाले सन्दीपलाई ड्राफ्टबाट ‘इन्टरनेसनल डायमण्ड क्याटोगरी’मा अनुबन्ध गरेको हो । सन्दीपले उक्त प्रतियोगिता खेलेबापत ४० हजार अमेरिकी डलर पाउनेछन् ।

लंकन प्रिमियर लिगमा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

ड्राफ्टमा ३५३ खेलाडी सूचीकृत भएका थिए । जुलाई ३१ बाट हुने प्रतियोगिताको ड्राफ्टमा १८० विदेशी खेलाडी थिए भने १७३ श्रीलंकाका खेलाडी थिए ।

तेस्रो संस्करणको प्रतियोगिता अगस्ट २१ सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्