यसै वर्ष आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याइने

यसै वर्ष आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याइने

अष्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ‘ट्रफी टूर’अन्तर्गत प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको हो ।

आईसीसीका अनुसार अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने प्रतियोगिताको ट्रफी आगामी भदौमा १४ र १५ गते (अगस्ट ३० र ३१) मा काठमाडौंमा राखिनेछ । विश्वकपको ट्रफी नेपाल आएको यो दोस्रो पटक हो । सन् २०१८ को क्रिकेट विश्वकप अघि पनि ट्रफी नेपाल ल्याइएको थियो ।

ट्रफीसँग समर्थकले फोटो खिचाउन पाउनेछन् । विश्वकपको १०० दिने ‘ट्रफी टुर’ शुक्रबारबाट सुरु भएको छ । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिनेछ । टी–ट्वान्टी विश्वकप विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । विश्वकप २०२२ सुरु हुन अब १०० दिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्