कमजोर ब्याटिङ बन्यो नेपालको हारको कारण , नामिबियासँग ६३ रनले पराजित

<span class='c1'>कमजोर ब्याटिङ बन्यो नेपालको हारको कारण</span> <span class='c2'>, नामिबियासँग ६३ रनले पराजित</span>

नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्व क्रिकेट लिग टू अन्तर्गत स्कटल्यान्ड सिरिजको तेस्रो खेलमा नामिबियासँग ६३ रनले पराजित भएको छ ।  कम्बसदुन न्यू ग्राउन्डमा नामिबियाले दिएको २ सय रनको लक्ष्य पछ्याएको नेपालले ३७ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३६ रन बनायो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै आसिफ शेखले ३४ रन बनाउँदा आदिल अन्सारीले २० तथा रोहित पौडेलले १७ रनको योगदान गरे ।  बलिङतर्फ नामिबियाका लागि ब्रेनाड स्कोल्टले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै जान फ्रेन्कलीले तीन विकेट लिए ।

त्यस्तै डेभिड विसीले रन आउट हुनअघि ३४ तथा ओपनर डिभान ला कक र जेजे स्मिटले समान २७–२७ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए ।

जितसँगै नामिबिया १८ खेलबाट १८ अंक जोडेर तालिकाको पाँचौं स्थानमा उक्लेको छ । १९ खेल खेलेको नेपाल १९ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्