हरेक रात झैँ फेरि पनि
आज एउटा कथा कोर्न मन लाग्यो।
सपनामा सझिएकी तिमीलाई
विपनामा सझाउने रहरहरु जाग्यो।
भित्रभित्रै दवाएका भावनाहरु
तिम्रा सामु पोख्न मन लाग्यो।
तिम्रा ती हेरि रहु लाग्ने
स्पर्शी आखाभित्र डुब्न मन लाग्यो।
भेट्ने दिन गन्दै उत्सुकताले भरिएका
भावनाहरु छछल्किन लाग्यो।
स्वर्गकी अप्सरा झैँ सुन्दर सालिन
मेरी उनीसँग मलाई मलिन हुन मन लाग्यो।।