१९ औं एसियाली खेलकुद सेप्टेम्बर २०२३ देखि

१९ औं एसियाली खेलकुद सेप्टेम्बर २०२३ देखि

विराटनगर । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले चीनको हाङ्झोउमा हुने १९ औं एसियाली खेलकुदको नयाँ मिति घोषणा गरेको छ ।

ओसिएले सेप्टेम्बर २०२३ को २३ तारिखदेखि ८ अक्टोबरसम्म १९ औं एसियाली खेलकुद प्रतियोगिता हुने जनाएको हो । यसअघि सेप्टेम्बर २०२२ को १० देखि २५ तारिखसम्म आयोजना गर्ने योजना रहेको खेल कोभिड महामारीका कारण स्थगित गरिएको थियो । ओसिएको कार्यकारी परिषदद्वारा २०२२ मे ६ मा स्थगित गरिएको सो खेल पुनः उही उत्साहका साथ आउँदो सेप्टेम्बरदेखि आयोजना गर्न लागिएको हो । १९ औं एसियाली खेलकुदको नयाँ मिति निर्धारण गर्नका निम्त्ति ओसिएले एक कमिटी गठन गरेको थियो । कमिटीले विगत दुई महिनामा चिनियाँ ओलम्पिक समिति, हाङझोउ एसियाली खेलकुद आयोजक समिति र अन्य सरोकारवालाहरूसँग विस्तृत छलफल समेत गरेको छ ।

छलफल पश्चात अन्य ठुला अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरूसँग बाधा नपर्ने गरी एसियाली खेलकुदको आयोजना गर्न लागिएको ओसिएले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्