नेपालले आज लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

नेपालले आज लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

लगातार पहिलो दुई खेलमा विजय हासिल गरे पनि आइतबार भारतसँग फराकिलो हार बेहोरेपछि यु–२० साफ च्याम्पियनसिपमा नेपाली टोलीको फाइनल यात्रा कठिन मोडमा पुगेको छ । ‘गर या मर’को खेलमा नेपालले आज लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।

पाँच टोली सहभागी प्रतियोगितामा लिग चरणको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछ । तीन खेल सकिँदा बंगलादेश ९ अंकका साथ शीर्ष स्थानमा छ । तीन खेलबाट समान ६ अंक जोडेको भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

आज नेपाललाई बंगलादेशविरुद्ध जितमात्र भएर पुग्दैन । फराकिलो अन्तरमा जित निकाल्नु आवश्यक छ । अन्यथा नेपालको यात्रा समूह चरणमै टुंगिनेछ । यद्यपि, माल्दिभ्सले भारतलाई हरायो भने नेपालले बंगलादेशसँग बराबरी गरेमात्र पनि पुग्नेछ ।

नेपालले भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे खेल्नेछ । भारतले माल्दिभ्ससँग साँझ ७ः१५ बजे खेल्नेछ । त्यसकारण नेपालसँग भारत र माल्दिम्सबीचको खेल कुर्ने सुविधा छैन ।

बंगलादेश जारी प्रतियोगितामा अपराजित रहने एक्लो टोली हो । बंगलादेशले पहिलो खेलमै भारतलाई २–१ ले हराएको थियो । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको थियो भने माल्दिभ्सलाई ४–१ ले हराएको थियो । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ३–० ले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्