नेपाली फुटबल टिमका कप्तान किरण माल्दिभ्समा सर्बोत्कृष्ट गोलरक्षक घोषित

<span class='c1'>नेपाली फुटबल टिमका कप्तान</span> <span class='c2'>किरण माल्दिभ्समा सर्बोत्कृष्ट गोलरक्षक घोषित</span>

नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण  कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग-२०२२ को सर्बोत्कृष्ट गोलरक्षक घोषित भएका छन् ।

माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेलेका गोलरक्षक किरण सिजनको उत्कृष्ट गोलरक्षक चुनिएका हुन् । किरणले माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन् । यसअघि सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षक जितेका थिए ।

यता, माल्दिभ्समा किरणको दोस्रो लिग उपाधिसमेत हो । चौथो पटक शीर्ष डिभिजन लिग जितेको माजियाले ह्याट्रिकसमेत गरेको छ । ह्याट्रिक गर्ने क्रममा यस सिजन २१ मध्ये २० खेलमा जित हासिल गर्‍यो । एक खेलमा हार बेहोर्‍यो ।

यस सिजन माजियाले २१ खेलबाट ६० अंक जोड्यो । दोस्रो स्थानमा रहेको क्लब इगल्स ४६ अंक जोडेको छ । यस्तै, ८५ गोल गर्दा ५ गोल मात्रै बेहोर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्