वेस्ट इन्डिजले दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ५ विकेटले हरायो

वेस्ट इन्डिजले दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ५ विकेटले हरायो

ओबेड म्याकोएले ६ विकेट लिएको खेलमा वेस्ट इन्डिजले सोमबार राति दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ५ विकेटले हराएको छ । योसँगै पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा १–१ को बराबरी भएको छ ।

सेन्ट किट्सको वार्नर पार्कमा वेस्ट इन्डिजका कप्तान निकोलस पुरनले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । उनको निर्णयलाई म्याकोएले सही सावित गरिदिएका थिए । उनले १७ दिएर ६ विकेट लिएपछि भारतले १९.४ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको थियो । १३९ रनको लक्ष्य घरेलु टोलीले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

म्याकोएले चार ओभरमा एक मेडनसहित १७ रन दिएर ६ विकेट लिएका हुन् । उनलाई जसोन होल्डरले दुई तथा अल्जारी जोसेफ र अकील होसैनले एक/एक विकेट लिएर साथ दिएका थिए ।

भारतका लागि हार्दिक पाण्डेयले सबैभन्दा धेरै ३१ रन बनाए । रवीन्द्र जडेजाले २७, रिशभ पन्तले २४, सूर्यकुमार यादवले ११ तथा श्रेयस ऐयर र रवीचन्द्रन आश्विनले समान १० रन बनाए ।

१३९ रनको लक्ष्य पूरा गर्ने क्रममा वेस्ट इन्डिजका ओपनर ब्रान्डन किङले ६८ रन बनाए । उनले ५२ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । डेभोन थोमस ३१ रनमा अविजित रहे । निकोलस पुरनले १४ रन जोडे ।

भारतका अर्षदीप सिंह, जडेजा, आश्विन, पाण्डेय र आभाष खानले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्