जनप्रतिनिधि सबैकाे साझा हुन!

जनप्रतिनिधि सबैकाे साझा हुन!

जनप्रतिनिधि भनेकाे हामी सबैकाे साझा ब्यक्ति हुन
उनीहरु शासक हैन,नागरिक कै सेवक हुन,
त्यसैले त उनीहरु कसैलाई विभेद गर्दै गर्दैनन् ।

जनप्रतिनिधिकाे काम कर्तव्य-जनहीतमा विकाश गर्द अघि बढ्नु हाे,
उनीहरुलाई सहयाेग गर्नु हामी सबैकाे साझा कर्तव्य नै हाे।
चुनाव अघि मात्र उनीहरु कुनै पार्टिका प्रतिनिधि थिए,
चुनाव पछि सबैकाे सेवा गर्ने,हितचिताउने जनप्रतिनिधि भए।
मेराे प्रतिनिधि,ताेराे प्रतिनिधि भन्दै नजुधन जनता हाे,

आफु आफू जुध्याै भने कसरी अघि बढ्छ विकासकाे काम? प्रतिनिधिकाे सबैलाई खुसी पार्दै,जागिर दिदैहिढ्ने हैननित काम
उनीहरुकाे काम-विकास गर्दै,राेजगारी सिर्जना गर्दै अघि बढ्ने हाे।
तेराे जनप्रतिनिधिले मेराे काम गर्दै-गर्दैनन् भन्नदै हल्ला नगर्न हे साथी हाे,
काम गर्छन् नागरिक कै-सबैकाे हितै गर्छन् प्रचलित कानुनकाे अधिनैमा रहेर।
आफ्नाे काम,स्वार्थ पूरा भयाे भने प्रतिनिधिकाे जय जय कार लाउने,

आफ्नाे व्यक्तिगत स्वार्थ पुरा गरिदिएन् भने खुट्टा तान्ने काम नगर्न हे नागरिक हाे।
जनप्रतिनिधिलाई भाेट हाल्ने व्यक्ति हामी नै त हाे,
आफुले नै चुनेकाे प्रतिनिधिकाे खुट्टा तान्ने हैन नी,हातेमालाे गर्दै अघि बढ्ने हाे।
जनप्रतिनिधि भनेकाे हामी सबैकाे साझा व्यक्ति हुन,
त्यसैले त आफ्नाे स्वार्थ भन्दा माथि नागरिककाे हित चिताउदै अघि बढ्छन् नि!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्